भोट हाल्न जाँदा मतदाताले मतदाता परिचय पत्र अनिवार्य बोक्नुपर्ने
काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गर्न जाँदा मतदाता परिचय पत्र अनिवार्य लैजान आग्रह गरेका छन् ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाता परिचयपत्र नभएकाले आयोगले तोके बमोजिम आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पुर्जा, सवारी अनुमति पत्र वा राष्ट्रिय परिचयपत्र मध्ये कुनै एउटा परिचय पत्र बोकेर जानसक्ने बताएका हुन् । उनले मतदाताहरूले मतदानका लागि जाँदा मोबाइल, क्यामेरा, सलाई, लाइटरलगायतका कुनै पनि निषेधित वस्तुहरू बोक्न नहुने बताए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निषेधित वस्तुहरू मतदान केन्द्रमा लिएर गए सामग्रीहरू जफत गर्ने चेतावनी दिए । उनले मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मी, कर्मचारी र मतदान अधिकृतहरूले मतदाताका हरेक गतिविधिहरूको निगरानी गरिरहेको हुनाले आयोगको आँखा छलेर अनावश्यक गतिविधि नगर्न सचेत गराउ ।
प्रमुख निर्वाचन आयुक्त भण्डारीले अरूको नाममा मत नहाल्न, दोहोर्याएर मत हाल्ने प्रयास नगर्न, आफ्नो मत अरूलाई हाल्न नदिन र मतपत्र लिँदा मतपत्रमा मतदान अधिकृतको दस्तखत भए/नभएको यकिन गर्न पनि आग्रह गरे । उनले मतदान गर्न आउने अशक्त, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, कृयापुत्री, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सहयोग गर्न र सबैभन्दा पहिला मतदान गर्ने व्यवस्था मिलाउन पनि सम्बन्धित पक्षसँग अनुरोध गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया