बाजुराको काँडा मतदान केन्द्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप
कैलाली - बाजुराको खप्तड छेडेदह गाउँ गाउँपालिका–१ काँडा मतदान केन्द्रमा काँग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपपछि मतदान स्थगित भएको छ ।
बिहान पौने ९ बजे झडप भएको बाजुरा प्रहरीले जनाएको छ।
जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि राजन पाण्डे र टेकबहादुर बढुवाल स्वतन्त्र, एमालेबाट कर्णबहादुर थापा, नेपाली कांग्रेसबाट बद्री प्रसाद पाण्डे, राप्रपाबाट जंगकुमार गिरी र जनता समाजवादी पार्टीबाट रामबहादुर शाही उम्मेदवार छन्।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया