समाज

बाजुरामा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको मृत्यु

इकागज |
मंसिर ४, २०७९ आइतबार १७:५८ बजे

कैलाली- बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

गोली लागेर सोही ठाउँका सुरेन्द्र ऐडीको मृत्यु भएको त्यहाँका वडाध्यक्ष जुद्धबहादुर ऐडीले पुष्टि गरे। उनले गोली लागेर अन्य स्थानीयहरू समेत घाइते भएको बताए ।


घाइतको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बाजुरा गएको छ । मतदान सकिने बेला विवाद भएपछि प्रहरीले गोली चलाएको थियो ।


Author

थप समाचार
x