झापामा करेन्ट लागेर १५ वर्षीया सविनाको मृत्यु
दमक : विद्युतीय करेन्ट लागेर झापाको दमकमा आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका–२ त्रिवेणीटोलकी १५ वर्षीया सविना श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
शुक्रबार दिउँँसो ३ बजेतिर आफ्नै घरको चपाकलमा जडान गरिएको मोटरबाट अचानक विद्युतीय करेन्ट लागेर गम्भीर घाइते भएकी बालिकाको आज एड्भान्स अस्पताल दमकमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिए । रासस
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया