मेयर हर्कले दिएकाे चेतावनीमा बालेनकाे समर्थन
काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले 'कोशीको पानी ल्याउन सहयोग नगरेमा धरान नआउनू' दिएकाे चेतावनीमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह 'बालेन'ले समर्थन जनाएका छन् ।
साम्पाङले फेसबुकमा लेखेको स्टाटस सेयर गर्दै मेयर शाहले 'ठयाक्कै १००/१००' लेखेर समर्थन जनाएका हुन् ।
मेयर साम्पाङले लेखेका छन्, 'जो जितेर गए पनि कोशीको पानी धरानमा ल्याउने मेरो योजनालाई सहयोग गर्न भूमिका खेल्नु पर्छ । अन्यथा वहाँ धरान नआए पनि हुन्छ ।'
र याे पनि
धरानबाट जित्ने सांसदलाई मेयर हर्कको चेतावनी : पानी ल्याउन सहयोग नगरेमा धरान नआउनू
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया