समाज

वन्यजन्तुको अखेटोपारसहित मकवानपुरका भण्डारी पक्राउ

इकागज |
बैशाख १२, २०७८ आइतबार १८:६ बजे

हेटौंडा : प्रहरीले २ किलो ४ सय ३५ ग्राम गाँजा र वन्यजन्तुको २ वटा अखेटोपार सिङ्गसहित एक जनालाई पक्राउ गरेको छ । शनिबार हटौंडा-९ बस्ने २४ वर्षीय सिद्धार्थ भण्डारीको घरमा खानतलासी गर्र्दा लागुऔषध गाँजा २ किलो ४३५ ग्राम, वन्यजन्तुको अखेटोपार सिङ्ग २ थान र नगद २६ हजार ३५० रुपैयाँ फेला परेको थियो । प्रहरीलाई आएको विशेष सुचनाको आधारमा प्रहरीले उनको घरमा छापा हानेकोे थियो ।

प्रहरीले वन्यजन्तुको अखटोपार सिङ्ग, गाँजासहित भण्डारीलाई आइतबार सार्वजनिक गरेको हो । यस्तै मकवानपुर प्रहरीले ४८० ट्याबलेट नाईट्रोभेटसहित २ जनालाई शुक्रबार पक्राउ गरेको छ ।  बाराका सोम बहादुर तामाङ र नवलपरासीका सन्देश तामाङलाई प्रहरीले हेटौंडा-१० स्थित बसपार्कबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता अविनाश अधिकारीले जानकारी दिए । 



Author

थप समाचार
x