समाज

ग्राहकको सवारीसाधन सडकमा पार्किङ गर्न पाउनुपर्ने माग राखी बागबजार बन्द गरे व्यापारीले

इकागज |
मंसिर १५, २०७९ बिहीबार १६:२५ बजे

काठमाडौँ - सडक किनारमा काठमाडौं महानगरपालिकाले बिहीबार पार्किङ निषेध गरेपछि बागबजार क्षेत्र बन्द भएको छ । सडकमा ग्राहकको सवारीसाधन पार्किङ गर्न नपाएको भन्दै व्यापारीले बागबजार बन्द गरेका हुन् । 

व्यापारीले ग्राहकको सवारीसाधन सडकमा पार्किङ गर्न पाउनुपर्ने भन्दै विरोध गरेका छन् । सडक किनारामा पार्किङ गर्न पाउनुपर्ने मागसहित बागबजारका व्यापारीहरूले सडक र पसल बन्द गरेर आन्दोलन थालेका हुन् ।


काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले सडक सवारीसाधनका लागि मात्र भएकाले पार्किङ गर्न नदिएको बताए । ट्राफिक प्रहरी र महानगर प्रहरीको संयुक्त टोलीले पार्किङ हटाएको हो,' उनले भने,' फुटपाथ पैदलयात्रीका लागि हो । सडक सवारीसाधनका लागि हो ।'

उनले सडकमा कुनै पनि सवारीसाधन पार्किङ गर्न नदिने धारणा राखे । सडकमा रहेको पार्किङ जसरी पनि हटाउँछौ,' उनले थपे ।


Author

थप समाचार
x