समाज

बिहेभोजमा सहभागी एउटै गाउँका ३५ जना बिरामी

इकागज |
मंसिर २०, २०७९ मंगलबार ८:२१ बजे

बुटवल - विवाहको भोज खाएका प्युठान नगरपालिका–६ माझकोटका ३५ जना जन्ती बिरामी परेका छन् । पाल्पाको एक बिहेभोजमा सहभागी एउटै गाउँका ३५ जना बिरामी भएको प्युठान प्रहरीका प्रवक्ता सुशील थापामगरले जानकारी दिए ।

जन्ती गएर घर फर्किएका उनीहरूमा ज्वरो, पखाला र बान्ताको समस्या देखिएपछि सबैलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार पठाइएको छ ।


प्युठान नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्माका अनुसार बिरामीहरू सबैको प्युठान अस्पतालमा उपचार भैरहेको छ । प्युठान प्रहरीका प्रवक्ता थापामगरका अनुसार बिरामी परेकाहरू सबैको अवस्था सामान्य छ ।


Author

थप समाचार
x