रातारात दाङ पुर्याइयो मुख्यमन्त्री कार्यालयका फर्निचर
बुटवल - पूर्वाधारविनै बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थायी राजधानी दाङ सारिएको छ । विरोधबीच गएराति फर्निचरलगायत सामान रातारात दाङ सारिएको हो ।
स्रोतका अनुसार मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा मध्यरातमा तीनवटा ट्रकमा सामान लोड गरी दाङ पुर्याइएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस संयोजक मानसिंह विश्वकर्माले राति १२:४० मा दाङको देउखुरीमा मुख्यमन्त्री कार्यालय सार्न सकेको फेसबुकमा उल्लेख गरेका छन् ।
लुम्बिनी सरकारका प्रवक्ता तिलकराम शर्माले सामानहरू लोड गरी राति नै दाङ लगिएको बताए । उनका अनुसार अबदेखि मुख्यमन्त्री कार्यालयको काम दाङबाटै हुनेछ ।
यसअघि नेपाली कांग्रेस रुपन्देहीले मुख्यमन्त्री कार्यालयमै पुगेर स्थायी पूर्वाधार नबनेको अवस्थामा तत्काल मन्त्रालय नसार्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको थियो ।
नेकपा एमाले रुपन्देही र एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित चार सांसद लीला गिरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुल्सीप्रसाद चौधरीले संयुक्त प्रेस विज्ञप्तिमार्फत नयाँ बन्ने सरकारको कार्यक्षेत्रमा हस्तक्षेप हुने गरी निर्वाचनको अन्तिम नतिजा नआउँदै मन्त्रालय सार्ने कार्य तत्काल रोक्न माग गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया