समाज

'उपत्यका बाहिर जान निषेधाज्ञा हुने भयो भनेर आत्तिनुपर्दैन'

कालीप्रसाद पराजुली, प्रमुख जिल्ला अधिकारी काठमाडौँ |
बैशाख १३, २०७८ सोमबार १६:२ बजे

उपत्यकामा कोभिड बढिरहेको हुनाले यसको रोकथामको लागि सरकारले अनुगमन तिब्र रुपमा बढाइएको छ । यतिले मात्रै नपुग्ला भनेर काठमाडौँ, भक्तपुर र ललितपुरका अधिकारी बसेर प्रारम्भिक ‘ड्राफ्ट’ तयार गरेका छौँ । जिल्लाको स्थिती हेरेर निर्णय गर्ने प्रावधान जिल्ला प्रशासन कार्यालयको छ । जनतालाई सहज हुनेगरी के गर्न सकिन्छ भनेर छलफल गरिरहेका छाैँ । निर्णय भइसकेको छैन । ड्राफ्टलाई केही सुधार गरेर बेलुकासम्म निर्णय गर्छौँ । डाक्टर र स्वास्थ्य मन्त्रालयको सुझावअनुसार चेन ब्रेक गर्न एक डेढ हप्ता कडा रुपमा जानुपर्छ ढिला भइसक्यो भन्ने छ । त्यसैले, कम्तिमा एक डेढ हप्ता उपत्यकालाई विशेष रुपले हेर्नुपर्छ । अत्यावश्यक बाहेक अरु सेवा बन्द गरिसकेको अवस्था छ । 

उपत्यका बाहिर जाने मानिसहरू निषेधाज्ञा हुने भयो भनेर आत्तिदै जानुपर्दैन । हामी उनीहरूका लागि पर्याप्त बसहरूको व्यवस्था गर्छाैँ। उहाँहरूलाई दुई दिन समय दिन्छौँ । हामीले सर्वसाधारणलाई मर्का नपरोस् भनेर नै सम्बन्धित निकायसँग छलफल गरेर निर्णय गर्न लागेका हौँ । यसरी गरेको निर्णय परिपक्व हुन्छ र कार्यान्वयन गर्न पनि सजिलो हुन्छ । दिनभरी यसमा होमवर्क गर्छौ । विगतको कमिकमजोरीलाई विचार गरेर निर्णग गर्छाैँ। किनभने, लकडाउन रहर होइन, बाध्यता हो । 


 


Author

थप समाचार
x