‘ढिला भइसक्यो काठमाडौँमा डेढहप्ता कडा बन्द गर्नुपर्छ’
काठमाडौँ : काठमाडौँ, ललितपुर र भत्तपुर जिल्ला प्रशासनले कोभिड संक्रमण नियन्त्रण गर्न कडा खालको बन्द गर्ने तयारी गरेको छ । आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बैठक बसेर डेढ हप्ता कडा बन्द गर्नुपर्ने विषयमा छलफल गरेका हुन् । यसबारे आज साँझ पाँच बजे बस्ने मन्त्रिपरिषद्को बैठकले ठोस निर्णय गर्ने छ ।
‘डाक्टर र स्वास्थ्य मन्त्रालयको सुझावअनुसार चेन ब्रेक गर्न एक डेढ हप्ता टाइट रुपमा जानुपर्छ ढिला भइसक्यो भन्ने पनि छ,’ काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, ‘कम्तिमा एक डेढ हप्ता उपत्यकालाई विशेष रुपले हेर्नुपर्छ ।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया