काठमाडौँ प्रवेश गर्नेहरू अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने
काठमाडौँ : काठमाडौँ उपत्यकामा प्रवेश गर्नेहरूले अनिवार्य क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने भएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लाहरु काठमाडौँ, ललितपुर र भत्तपुरका प्रमसख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञा अवधिभर काठमाडौँ प्रवेश गर्नेले यस्तो नियम पालना गर्नुपर्ने निर्णय गरेका हुन् ।
कोभिड जोखिम न्यूनिकरण गर्नका लागि यस्तो विधि अपनाइएको प्रशासनले जनाएको छ । काठमाडौँमा सोमबार मात्रै एकैदिन एक हजार पाँचसय भन्दा धेरै संक्रमित भेटिएका छन् । पछिल्लो समय बाँके रुपन्देहीपछि काठमाडौँ उपत्यका कोभिड संक्रमणको हटस्पट बन्दै गइरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया