दाइजोका कारण श्रीमती कुटपिट गर्ने डा. पंकज पक्राउ, परिवारका अन्य सदस्य फरार
जनकपुरधाम । दाइजोको कारण श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घरबाट निकाला गरेकाे अभियाेगमा डा. पंकज चौधरीलाई प्रहरीले पक्राउ गरेकाे छ । महोत्तरीको रामगोपालपुर ५ का ३५ वर्षीय डा. पंकजविरुद्ध घरेलु हिंसा र दाइजो विरुद्धको उजुरी परेको आधारमा पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पङ्गेनीले बताए।
दाइजोको निहुँमा कुटपिट गरेर घर निकाला गरेको आरोपमा पंकजविरुद्ध घरेलु हिंसा र दाइजोविरुद्धको मुद्दा चलाइने उनले जानकारी दिए । पंकजलाई हाल हिरासतमा राखी आवश्यक अनुसन्धान सुरु गरिएको छ । पीडित नेहाले आफूलाई कुटपिट गरी घर निकाला सासु र ससुराको पनि संलग्नता रहेकाले उनीहरूलाई पनि पक्राउ गर्नुपर्ने माग गरेकी छन् ।
काठमाडौंमा घर दाइजो नपाएको भन्दै आफ्ना श्रीमान् डा.पंकजले पटक-पटक कुटपिट गर्दै आएको र पछिल्लोपटक मरनासन्न हुने गरी कुटपिट गरी घाइते बनाएको आरोप नेहाको छ । मंगलबार दिउँसो डा. पंकजको घरमा बस्न उनकी श्रीमती नेहा चौधरी पुगेकी थिइन् । तर घरमा पस्न नदिएपछि नेहा गेट अगाडि धर्ना बसिन् । त्यसपछि प्रहरीले उनका श्रीमान् डा. पंकजलाई पक्राउ गरेको हो ।
डा. पंकज पक्राउ परेपछि उनका परिवारका सबै सदस्य फरार भएका छन् । अहिले घरको गेटमा ताला झुन्डिएको छ । गत फागुनमा महोत्तरीकै औरही नगरपालिका १ की नेहा र डा पंकजबीच विवाह भएको थियो । विवाहमा नेहाका परिवारले नगद र सुनचाँदी गरी १ करोड बढी रुपैयाँ दाइजो दिएको थियो ।
याे पनि..
ग्राण्डी अस्पतालका डाक्टरले काठमाडौंमा घर दाइजो नदिएको भन्दै श्रीमती कुटे
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया