मेयर बालेनले भनेः डबली सभ्यतालाई ब्युँताएर काठमाडौँलाई सांस्कृतिक सहर बनाउँछौ
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले डबली सभ्यतालाई पुनःजागरण गर्ने बताएका छन् । बिहीबार काठमाडौँ महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाहले महानगरपालिकाले काठमाडौँ उपत्यकाभित्र डबली सभ्यतालाई पुनःजागरण गर्न लागेको बताए ।
उनले उपत्यकाभित्र रहेका डबलीहरूलाई जनचेतनामुलक कार्यक्रमहरू गर्न प्रयोग गरिने बताए । उनले काठमाडौं उपत्यकाको मौलिक सभ्यता र सम्पदाहरूलाई पुनःजागृत गराउनुपर्नेमा जोड दिए ।
@ekagaj मेयर बालेनले भनेः डबली सभ्यतालाई ब्युँताएर काठमाडौँलाई सांस्कृतिक सहर बनाउँछौ
♬ original sound - eKagaj
प्रमुख शाहले संस्कृतिहरूलाई जगेर्ना गर्नका निम्ति नयाँ पुस्ताहरूमा हस्तान्तरण गर्दै जानुपर्ने बताए । उनले मौलिक बाजाहरूलाई अभिलेखीकरण गर्दै नयाँ पुस्ताहरूलाई पनि सिकाउँदै जानुपर्ने धारणा राखे ।
प्रमुख शाहले महानगरपालिकाबाट गरिने सेवा प्रवाहलाई डिजिटलाइज गर्न सुरु गरिएको बताए । उनले शिक्षा, स्वास्थ्य र पूर्वाधार लगायतका क्षेत्रमा छिमेकी पालिकाहरू र सबै तहको सरकारहरूसँग सहकार्य गर्दै अगाडि बढेको बताए । उनले काठमाडौं महानगरलाई सांस्कृतिक शहर बनाउने सपना पूरा गरेरै छाड्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया