समाज

सुदूरपश्चिममा १९७ जनामा कोभिड-१९ पुष्टि, धनगढीका मात्र १२७ जना

इकागज |
बैशाख १४, २०७८ मंगलबार १६:५ बजे

धनगढी : सुदूरपश्चिममा एकैदिन एक सय ९७ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा तीन सय ७० जनाको कोरोना परीक्षण गर्दा एक सय ९७ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये सबैभन्दा बढि धनगढीका छन् ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार ५४ महिला र ७३ पुरुष गरी धनगढीका एक सय २७ जनामा कोरोना पुष्टि भएको छ । अस्पतालमा ४२ जना संक्रमितको उपचार भइरहेको बताउँदै सूचना अधिकारी श्रेष्ठले भने, ‘११ जनाको आइसियू र दुई जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । २५ जनाको अक्सिजन सहायतामा उपचार भइरहेको छ ।’ 



Author

थप समाचार
x