कोरोना संक्रमित पूर्व राजारानीलाई अक्सिजनको सहयोगमा उपचार
काठमाडौँ । कोरोना संक्रमित पूर्व राजा ज्ञानेन्द शाह र पूर्व रानी कोमहल शाहलाई अक्सिजनको सहयोगमा उपचार गरिएको छ । कोरोना संक्रमित भई नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका उनीहरुको अक्सिजनको सहयोगमा उपचार गरिएको अस्पतालले जनाएको छ ।
‘उहाँहरु शनिबार(बैशाख ११ गते) दिउँसो १ बजे नर्भिक अस्पताल भर्ना हुनुभएको थियो,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाबाट संक्रमितमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतूले पूर्व राजा र रानीलाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको हो ।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया