समाज

यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

इकागज |
पुस ३, २०७९ आइतबार ६:३८ बजे

काठमाडौं - भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय प्रणालीका कारण मुलुकका केही क्षेत्रमा वर्षाको सम्भावना पनि छ । 

दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको पनि आकलन महाशाखाले गरेको छ । त्यस्तै, प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भूभागका एक-दुई स्थानमा हल्का हिमपातको पनि प्रक्षेपण गरिएको छ ।


राति प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भूभागका एक-दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको छ ।


Author

थप समाचार
x