सुरक्षा आवास र ओसीएमसीको सेवामा प्रभावकारीता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
दार्चुला : दार्चुला जिल्ला सदरमुकाम खलंगामा सुरक्षा आवास र एकद्धार संकट व्यवस्थापन केन्द्रको सेवामा प्रभावकारीता सम्बन्धी जिल्ला स्तरीय सरोकारवालाहरुसँग अन्तक्रिर्या गरिएको छ । ओरेक नेपाल, युएनएफपीए र महिला मानव अधिकार रक्षक संजाल दार्चुलाको संयुक्त आयोजनामा १ दिने जिल्ला स्तरीय अन्तक्रिर्या कार्यक्रम गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा महिला हिंसा, घरेलु हिंसा, लैङ्गिक हिंसालगायत हिंसाबाट प्रभावितहरूको सुरक्षित आवास, औषधी उपचार र कानुनी परामर्श लगायतका विषयवस्तुमा छलफल गरिएको थियो । ओरेक नेपालका कार्यक्रम संयोजक गीता चौधरीले कार्यक्रमको उद्देश्य र छलफलका विषयवस्तुबारे जानकारी गराएका थिए । यस्तै दार्चुलाको बाढी पहिरो प्रभावित क्षेत्र महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका वडाहरूमा मनोपरामर्श सेवा दिइएको ओरेक नेपालका मनोपरामर्शकर्ता झरना खड्काले जानकारी दिए ।
कार्यक्रममा जिल्ला अस्पताल दार्चुलामा स्थापना गरिएको एकद्धार संकट व्यवस्थापन केन्द्रले प्रदान गरेका सेवाबारे जानकारी गराइएको थियो । लैङ्गिक हिंसालाई प्रभावकारी र दक्षतापूर्वक सम्बोधन गर्नका लागि सरकारले अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्धार संकट व्यवस्थापन केन्द्र संचालनमा ल्याएको छ । दार्चुला जिल्लामा पनि २०७७ सालदेखि केन्द्र संचालनमा आएको हो ।
जसमा गत आर्थिक वर्षमा एकद्धार संकट व्यवस्थापन केन्द्रमा बलात्कार सम्बन्धी ९ वटा, यौनजन्य दुव्र्यवहार सम्बन्धी १, शाररीक दुव्र्यवहारका १८, बहुविवाहका २ र बोक्सीको आरोपमा १ मुद्धा आएको बताइएको छ । यस्तै जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा जवरजस्तीकरणीका २ मुद्धा दर्ता भएका छन् । यस्तै लैगिंक हिंसाका १३ मुद्धा र घरेलु हिंसाका ३४ मुद्धा प्रहरीसम्म आएको जनाइएको छ । जिल्लामा स्थापना गरिएको सेभ हाउसमा अहिलेसम्म १ सय १२ पीडित महिलालाई सेवा दिइएको छ ।
ओरेक नेपालले महिला हिंसा विरुद्धको अभियान, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार, मानव अधिकार तथा सामाजिक न्यायमा समन्वय गर्दै आईरहेको छ । महिला अधिकार तथा समानता र सामाजिक न्यायका लागि पैरवी गर्दै आइरहेको ओरेक नेपालका कार्यक्रम संयोजक गीता चौधरीले बताइन् ।
२०४७ सालमा स्थापना भएको महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले महिलामाथि हुने हिंसा, यसका कारण र परिणामको रोकथाम र महिला तथा सीमान्तकृत समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चितता तथा सामाजिक न्यायमाथिको पहुँचको प्रवद्र्धन गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ ।
मनोपरामर्श कर्ता रेखा नेपालीले संचालन गर्नुभएको कार्यक्रममा महिला मानव अधिकार रक्षक सन्जाल दार्चुलाका अध्यक्ष गौरी देवी बडालको अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदको प्रमुख आतिथ्यतता रहेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया