कञ्चनपुरमा निषेधाज्ञा जारी
धनगढी : कञ्चनपुरमा निषेधाज्ञा जारी धनगढी : कञ्चनपुरमा बैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा जारी भएको छ । जिल्लामा कोरोनाको संक्रमण दर र मृत्यु दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञा लागु हुने बताए । उनले सो अवधिमा अत्यावश्यक सेवाबाहेकका सबै बन्द रहने जानकारी दिए । यसअघि कैलाली र कंचनपुरमा रात्रिकालिन लकडाउन जारी थियो । १६ गतेदेखि नै कैलालीमा पनि निषेधाज्ञा लागू हुनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया