समाज

मेयर बालेन भने: सरकारले अनाधिकृत संरचना हटाउन सहयोग गरेन, खोकना सभ्यता र संस्कृति मासियाे

इकागज |
पुस ६, २०७९ बुधबार १९:४६ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सरकारले अनाधिकृत संरचना हटाउन सहयोग नगरेको आरोप लगाएका छन् । शाहले बुधबार साँझ फेसबुकमा स्टाटस लेख्दै अनाधिकृत संरचना हटाउन सहयोग नगर्ने तर पुर्खौदेखिको सभ्यता र संस्कृतिको हटाउन भए भरको सुरक्षा संयन्त्र परिचालन गरेको बताएका हुन् ।

‘यो प्राथमिकता गलत छ । दिगो विकासका लागि स्थानीयहरूको माग सम्बोधन गर्न आवश्यक छ,’ शाहले भनेका छन् । उनले विकास र परिवर्तन आवश्यक रहेको पनि ठहर गरेका छन् ।


विकासले सभ्यतालाई उन्नत बनाएर लानुपर्ने उनको भनाइ छ । ‘विकास र परिवर्तनको मौलिकता तब मात्रै स्थापित हुन्छ । तब मात्रै वास्तविक विकासको वास्तविक अनुभूति नागरिकसम्म पुग्छ । द्रुत मार्गको खोकनाक्षेत्रमा विकाश र परिवर्तनले नागरिकहरुलाई असहजता थपेको छ, ‘ उनले थपेका छन् ।

अलग्गै पहिचान, अलग्गै संस्कृति समेटेर ठूलो सभ्यताको अंश बनेर रमाइरहेको खोकनालाई द्रुत मार्गले दुख थपेको उनले धारणा राखे । नागरिकलाई आन्दोलन गर्न बाध्य बनाएर लादिएको विकासको दिगोपन रहनेमा उनले शंका व्यक्त गरे । खोकना क्षेत्रको बस्ती अनाधिकृत नभएर पुर्खौदेखिको बस्ती रहेको उनको भनाइ छ ।

 

 

 


Author

थप समाचार
x