समाज

वीरगंजमा कोभिड संक्रमित थप दुई जनाको मृत्यु

इकागज |
बैशाख १५, २०७८ बुधबार १०:५५ बजे

वीरगंज : कोभिड-१९ संक्रमणका कारण वीरगंजमा थप दुई जनाको मृत्युु भएको छ । मृत्यु हुनेमा बाराकी एक महिला र सर्लाहीका एक पुरुष हुन् ।

उनीहरुको नारायणी अस्पतालमा मृत्यु भएको हो । बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ७ कि ३० बर्षीया महिलाको कोभिड १९ संक्रमणका कारण मृत्युु भएको हो ।


बैशाख १३ गते भर्ना भएकी उनमा सोही दिन कोभिड १९ पुष्टि भएको थियो । उनको उपचारका क्रममा बुधबार मध्यराती मृत्युु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

यस्तै सर्लाही-४ धनगढाका ४३ वर्षीय पुरूषको पनि बुधबार बिहान साढे एक बजे मृत्यु भएको उनले बताए । ती पुरूषलाई मंगलबार अस्पतालमा भर्ना गरिएको थियो ।


Author

थप समाचार
x