अध्यागमनकाे काम सकिएपछि मात्र चार्ल्स शोभराज रिहा हुने
काठमाडौं- कुख्यात अपराधी चार्ल्स सोभराजलाई अध्यागमनको काम पूरा भएपछि मात्रै रिहाइ गरिने भएको छ । केन्द्रीय कारागारका अनुसार अध्यागमनको प्रक्रिया बाँकी रहेकाले उनी सबै काम सकिएपछि रिहा हुने भएका हुन् ।
हाल उनी सुनधारास्थित केन्द्रीय कारागारमा छन् ।
शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइने र अध्यागमनले स्वदेश फिर्तीको प्रक्रिया सुरु गर्नेछ । आज छुट्न उनले नमानेपछि भोलि अध्यागमन लैजाने भएको हो ।
सर्वोच्च अदालतले उनलाई १५ दिनभित्र आफ्नै देश फ्रान्स पठाउन भनेको छ । बुधबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले १० महिना कैद छुट दिँदै उनलाई थुनामुक्त गर्न बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।
जेलमा रहेको ६५ वर्षभन्दा माथि उमेर भएका जेष्ठ नागरिकले ७५ प्रतिशतभन्दा बढी सजाय काटिसकेको अवस्थामा कैद सजाय छुट दिन सकिने व्यवस्था छ । शोभराजले २०३२ सालमा जबरजस्ती करणी गरी दुई विदेशी नागरिकलाई हत्या गरेको अभियोगमा भक्तपुर जिल्ला अदाललते २०६० असोज २ गतेदेखि २०८० असोज १ गतेसम्म कैदमा राख्न आदेश दिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया