धनुषाको मुखियापट्टीमा गोली चल्याे, एकजना घाइते
जनकपुरधाम- धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा शनिबार साँझ अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते भएका छन् ।
अज्ञात समूहले चलाएको गोली लागि मुखियापट्टी मुसहरनिया गाउँपालिका २ का धनुष दास घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । गोली लागि घाइते भएका ४० वर्षीय दासलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पठाइएको छ ।
घाइते दासको छातीमा गोली लागेको बुझिएको छ । गोली कसले र किन चलाएको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया