समाज

बुद्ध एयरका संस्थापक बस्नेत रहेनन्

इकागज |
पुस १०, २०७९ आइतबार ९:१२ बजे

काठमाडौँ- बुद्ध एयरका संस्थापक सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ । आइतबार उनको ९५ वर्षको उमेरमा उपचारको क्रममा मेडासिटी हस्पिटलमा निधन भएको हो ।

भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेत बनारस हिन्दु विश्वविद्यालयबाट एम ए एलएललबी अध्ययन गरि नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर नेतृत्वदायी भुमिका निभाएका थिए ।


सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, विभिन्न कालखण्डमा कानुन तथा न्याय, शिक्षा, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्षसमेत भएका थिए ।

उनले देशमा परिआएको विभिन्न समस्या छानबिन तथा निरूपणका लागि शाही आयोगहरूमार्फत सेवासमेत प्रदान गरेका थिए । ७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवामार्फत जोड्ने कार्यको शुरूवात उनले नै गरेका हुन् । 


Author

थप समाचार
x