समाज

राष्ट्रिय भूमि आयोग रूपन्देहीद्वारा जग्गाधनी प्रमाणपुर्जा वितरण सुरु

इकागज |
पुस ११, २०७९ सोमबार १८:३५ बजे

बुटवल- राष्ट्रिय भूमि आयोग रूपन्देहीले अव्यवस्थित बसोबासीहरूका लागि जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न सुरु गरेको छ ।

नाप चाँजको काम सकिएको अव्यवस्थित बसोबासीहरूको जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण सुरु गरिएको भूमि आयोग रूपन्देहीले बुटवल उपमहामनगरपालिका र मायादेवी गाउँपालिकाबाट सुरु गरेको हो । बुटवल उपमहानगरपालिकामा आज एक कार्यक्रमको आयोजना गरी १८ जना जग्गाधनीलाई लालपुर्जा वितरण गरेको हो ।


बुटवल वडा नं. १९ का  १२ र मायादेवि वडा नं. ८ का ६ जना जग्गाधनीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको भूमि आयोग रूपन्देहीका अध्यक्ष हरिबहादुर आचार्यले जानकारी दिए । जिल्लामा करिब १ लाख अव्यवस्थित, सुकुम्बासी तथा भूमिहीन रहेको बताउँदै अहिले ३ हजार जग्गाधनीको लालपुर्जा तयार भएको आचार्यले बताए ।

जिल्लाको बुटवल देवदह, सैनामैना , कञ्चन , मायादेवि ,शिद्धार्थनगरमा नापँजाँच सकिएर लालपुर्जा वितरणको अन्तिम चरणमा रहेको आचार्यले बताए । लालपुर्जा तयार भए पनि सरकारले लिने राजश्व बढी हुँदा जग्गाधनी वितरणमा कठिनाइ भइरहेको बताउँदै उनले सरकारले राजश्वको दायरालाई कम गर्नुपर्ने सुझाव दिए ।

राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले स्थानीय तहको सहकार्यबाट नै अव्यवस्थित जग्गाको नापँचाज भएर लालपुर्जा वितरण गर्न सफल भएको बताए । जनतालाई जग्गाको मालिक हुने अधिकार  संविधानमा नै व्यवस्था भएका कुरालाई ऐन नियमबाट लागू गर्दै आयोगले काम गरेको उनले बताए । चुनाव अघि नै लालपुर्जा तयार भएको उनले बताउँदै निर्वाचन आचारसंहिताले गर्दा वितरण गर्न नसकेको बताए।

बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेयले अव्यवस्थित जग्गाको ब्लक छुट्टाइएको र नापचाँज भएका जग्गाको विधि, प्रक्रिया कानुन अनुसार लालपुर्जा वितरण गरिएको बताए । बुटवलमा अव्यवस्थित समस्या धेरै  रहेको बताउँदै राष्ट्रिय भूमि आयोगले आफ्नो कामलाई तीव्रता दिएर जनतालाई आफ्नो जग्गाको मालिक बनाउनु पर्नेमा जोड दिए ।

बुटवलमा करिब ३० हजार जना अव्यवस्थित रूपमा बसोबासमा रहेको उपमहानगपालिकाले जनाएको छ । मायादेवि गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष चोकबहादुर थापाले भूमि आयोगले तीव्र गतिमा काम गर्दा नै अव्यवस्थित भएकालाई व्यवस्थित गराउन सफल भएको बताए । आयोगका विज्ञ सदस्य बन्द्र आलमले निर्वाचन आचारसंहिताले गर्दा काम गर्न ४ महिना ढिलाइ भएको बताउँदै रूपन्देहीका १० वटा पालिकामा आयोगले कामलाई तीव्रता दिएको बताए ।

रूपन्देहीका ८ वटा पालिकाकामा नापि र श्रेष्तापुर्जाको काम भइरहेको छ । अव्यवस्थित बसोबासमा रहेका स्थानीयले जग्गाधनी पाउँदा खुसी भएका थिए । केशव निरौलाको अध्यक्षतामा गठन भएको ३३ औं आयोगले रूपन्देहीमा लालपुर्जा वितरण गर्न सुरु गरेको हो ।


Author

थप समाचार
x