समाज

चिसो बढ्यो

काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियस

तराईका जिल्लामा हुस्सु र कुहिरो, हिमाली भेगमा हिमपातको सम्भावना

इकागज |
पुस १३, २०७९ बुधबार ७:२७ बजे

काठमाडौं - काठमाडौँ उपत्यकामा चिसो बढेको छ । काठमाण्डौको न्यूनतम तापक्रम दैनिक घटिरहेको छ । अहिले (यो समाचार तयार पर्दा) काठमाडौँको न्यूनतम ४ डिग्री सेल्सियसमा झरेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान पौने ६ बजे पनि काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको थियो । हिजो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस मापन गरिएको थियो । बिहान पौने ९ बजेको यो तापक्रम काठमाडौंको यो वर्ष आजसम्मकै कम हो । 


अहिले पहाडीसहित तराईका जिल्लामा हुस्सु कुहिरो लागेको छ । पहाडी क्षेत्रको कुहिरो हटेर घाम लाग्ने सम्भावना छ तर तराईका जिल्लामा दिउँसोसम्म नै हुस्सु कुहिरो लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज प्रदेश १ को पहाडी क्षेत्रको मौमस आंशिकदेखि सामान्य बद्ली हुने र बाँकी ठाउँको मौसम सामान्यतया सफा रहने छ । 

देशका हिमाली भेगमा आज हिमपातको सम्भावना रहेको छ । तराईका क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । जसका कारण क्रमशः चिसो बढिरहेको छ ।


Author

थप समाचार
x