समाज

निषेधाज्ञाको पहिलो दिन: कस्तो छ काठमाडौँको अवस्था ? (फोटो फिचर)

सरोज बैजु |
बैशाख १६, २०७८ बिहिवार ११:४३ बजे

काठमाडौँ : काठमाडौँ उपत्यकामा आज बिहान ६ बजेदेखि निषेधाज्ञा लागेको छ । काठमाडौं, ललितपुर र भक्तपुर सडकहरू बिहानैदेखि सुनसान छन् । अत्यावश्यक सेवाका र सञ्‍चालन अनुमति पाएका सवारी साधन चलेका छन् । 


आजदेखि अत्यावश्यक अन्तर्गत खाद्य सामग्रीको पसल विहान १० बजेसम्म मात्र खुला हुनेछ भने साँझ ५ देखि ७ बजेसम्म खुलाउन पाइने छ ।

सोमबार नै जारी छुट्टाछुट्टै आदेश अनुसार अत्यावश्यक बाहेकका सबै सेवा सञ्चालनमा आजदेखि रोक लगाइएको छ । काठमाडौँमा वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरे गरेको छ । त्यसपछि प्रमुख जिल्‍ला अधिकारीले निषेधाज्ञा जारी गर्न पाउने अधिकारी दिइएको छ । 

 


Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।


थप समाचार
x