समाज

प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि बढेको दूधको मूल्यवृद्धि फिर्ता

इकागज |
पुस १८, २०७९ सोमबार ८:३८ बजे

काठमाडौँ- राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य वृद्धि स्थगित भएको जनाएको छ । केही दिनअघि बढेको दूधको मूल्य वृद्धि स्थगित भएको बोर्डले जनाएको छ ।

दूधको उत्पादन लागत मूल्य, बजार मूल्यको वृद्धि तथा उपभोक्ताको क्रयशक्तिसमेतको वैज्ञानिक तवरबाट यथाशीघ्र अध्ययन गरी मूल्य समायोजन गरिने बोर्डले निकालेको सूचनामा भनिएको छ ।


दूधको उत्पादन लागत मूल्य, बजार मूल्यको वृद्धि तथा उपभोक्तासमेतको बैज्ञानिक तवरबाट यथाशिघ्र अध्ययन गरी मूल्य समायोजन गर्न सहमति भएको बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले जानकारी दिए ।

कृषि मन्त्रालयका सचिव एवम् राष्ट्रिय दुग्ध विकास बोर्डका उपाध्यक्ष डा. गोविन्द प्रसाद शर्मालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूल्य स्थगित गर्न निर्देशन दिएका थिए ।

पुस १६ गतेदेखि दूधमा प्रतिलिटर १४ रुपैयाँ बढेको थियो ।


Author

थप समाचार
x