समाज

ठमेलका घरधनी र व्यवसायीलाई दुःख दिने विदेशी नागरिकलाई बुझाइयाे अध्यागमनमा

इकागज |
पुस २४, २०७९ आइतबार १७:३४ बजे

काठमाडौँ- ठमेल पर्यटन विकास परिषदले ठमेल क्षेत्रको सामाजिक वातावरणमा खलल पुर्‍याएको भन्दै एक विदेशी नागरिकलाई अध्यागमन विभागलाई बुझाएको छ ।

आइतबार परिषदले मानसिक अवस्था सन्तुलन ठिक नभएको जस्तो देखिने मल्डोभा/ क्यानडेका नागरिकलाई अध्यागमन विभागलाई जिम्मा लगाएको हो ।


परिषदका अनुसार टारास टान्सोभ ६ महिनादेखि ठमेलको सडकमा बेवारिसे अवस्थाम थिए । उनले पर्यटीय क्षेत्रका ठमेलका व्यवसायी तथा घरधनीलाई दुःख दिने गरेकाले नेपाल प्रहरीको पर्यटकीय प्रहरीको सहयोगमा अध्यागमन विभागमा जिम्मा लगाइएको परिषदका अध्यक्ष भवी शर्माले जानकारी दिए ।

विदेशी नागरिक टारासले अवाञ्छित गतिविधि गरी सामाजिक वातावरण बिगारेको शर्माको भनाइ छ । परिषदले आइतबार दिउँसो पर्यटक प्रहरीको सहयोगमा अध्यागनमा बुझाएको छ ।

‘पर्यटक प्रहरीको सहयोगमा कानूनी प्रक्रिया गरी स्वदेश फिर्ता गर्न विभागमा बुझाइएको छ,’ उनले भने ।


Author

थप समाचार
x