समाज

काठमाडौँ महानगरले साइकल र गाडामा व्यापार गर्न रोक्यो

इकागज |
पुस २६, २०७९ मंगलबार १८:१४ बजे

काठमाडौँ- अबदेखि काठमाडौँ महानगरपालिकाभित्र साइकल र ठेलागाडामा व्यापार तथा व्यवसाय गर्न नपाइने भएको छ । महानगरले जारी गरेको सूचनामा सडकपेटीमा अनाधिकृत व्यापार गर्ने, निजी प्रयोगका सामग्री राख्‍न नपाइने, ठेलागाडा वा साइकलमा राखी व्यापार गर्न नपाइने  र सार्वजनिक स्थानमा आवागमनमा अवरोध भएकाले त्यस्ता कार्यलाई रोक लगाइएको उल्लेख गरिएको छ ।

सूचनाको उल्लंघन गरी फुटपाथमा व्यापार गर्ने, सामग्री जफत गरी वा सार्वजनिक सम्पत्ति कब्जा गरेमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ र ९७, फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३९ बमोजिम महानगरको कानुनअनुसार हदैसम्मको कारबाही गरिने महानगरले जनाएको छ ।



Author

थप समाचार
x