सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश
फाइल तस्वीर
काठमाडौं– उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेमाथि नाबालिगलाई बलात्कार गरेको आरोप थियो ।
उनलाई विदेश जान रोक लगाइँदै २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको उच्च अदालत पाटनले जनाएको छ ।
न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छाड्न जिल्ला अदालतले आदेश दिएसँगै उनी रिहा हुने भएका हुन् । जिल्ला अदालत काठमाडौंले सन्दीपलाई थुनामै राखेर कारबाही गराउन आदेश गरेको थियो । सोविरुद्ध उनले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।
उनलाई गएको कात्तिक १८ मा थुनामा पठाउन आदेश दिइएको थियो ।
लामिछानेमाथि नाबालिगलाई बलात्कार गरेको आरोप छ।
प्रहरीले गएको असोज २० गते त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया