समाज

दुर्घटनाग्रस्त विमानमा सवार थिए ५३ नेपाली र १५ विदेशी यात्रु

इकागज |
माघ १, २०७९ आइतबार १३:४७ बजे

काठमाडौँ - नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा दुर्घटनाग्रस्त यति एयरलाइनसको विमानमा ५३ जना नेपाली यात्रु सवार रहेको जनाएको छ । प्राधिकरणका अनुसार चार क्रु मेम्बरसहित ७२ जना सवार विमानमा पाँच जना भारतीय, चार जना रसियन, आयरल्याण्डका एक, अरेजेन्टिनाका एक, कोरियाका दुई, फ्रान्सका एक जना यात्रु सवार थिए । 

 चालक दलमा चार जना नेपाली थिए । यीसमेत गर्दा विमानमा कूल ५७ जना नेपाली सवार थिए । 


यती एयरलाइन्सको कलसाइन ९एन–एएनसी एटीआर–७२ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि सेती नदीको खोँचमा दुर्घटना भएको थियो ।


Author

थप समाचार
x