समाज

पाेखरा विमान दुर्घटना : ४४ जनाको शव निकालियाे

इकागज |
माघ १, २०७९ आइतबार १५:४२ बजे

काठमाडौं- काठमाडौंबाट पोखरा उडेको यती एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएकामध्ये हालसम्म ४४ जनाको शव निकालिएको छ ।

आज (आइतबार) बिहान १० बजेर ५० मिनेटमा पोखरा विमानस्थलको कन्ट्रोल टावरसँग अन्तिम सम्पर्क भएपछि विमान दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानमा नेपाली ५३ जना, विदेशीमा भारतीय ५, रसियन ४, आयरल्याण्ड १, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २, फ्रान्सेली १, गरी जम्मा ६८ जना यात्रुहरू र ४ जना चालक दलका सदस्यसहित ७२ जना सदस्य रहेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।


उनका अनुसार पोखराबाट उद्धारका लागि २ वटा हेलिकप्टर नाइनएन जेएलएक्स र नाइनएन केएनए परिचालन गरिएको छ । उद्धारका लागि थप हेलिकप्टर तयारी अवस्थामा राखिएको छ भने उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, रेस्क्यु एण्ड फायर फाइटिङ दल तथा नेपाल प्रहरीसमेत संलग्न भइ उद्धार कार्य भइरहेको छ ।

उद्धारका लागि थप हेलिकप्टर तयारी अवस्थामा राखिएको छ भने उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, रेस्क्यु एण्ड फायर फाइटिङ दल तथा नेपाल प्रहरीसमेत संलग्न भइ उद्धार कार्य भइरहेको प्रवक्ता सिटौलाले जानकारी दिए ।

उनले दुर्घटनाग्रस्त विमानमा महिला २५ जना पुरुष ३७ जना, बालक ३ जना, शिशु ३ जना रहेका थिए । प्राप्त ४४ शवमध्ये ३० जनाको शव गण्डकी क्षेत्रीय अस्पतालमा पोष्टमाटमका लागि लगिएको छ भने १४ शव दुर्घटनास्थलको खोंचमा रहेकाले निकाल्ने काम भइरहेको बताए ।

आइतबार बिहान १०ः३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिब ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट २ किलोमिटरको नजिकमा सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भएको हो । विमान दुर्घटनापछि बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले मृतकको शोकमा सोमबार शोक बिदा दिएको छ । 
   


Author

थप समाचार
x