समाज

एक लाख ४० हजार घूससहित इञ्जिनियर पक्राउ

इकागज |
माघ ३, २०७९ मंगलबार १७:६ बजे

फाइल तस्वीर

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस मागेको आरोपमा एक इन्जिनियरलाई नियन्त्रणमा लिएको छ । सप्तरी, शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साहलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

साहले निर्माण कार्यको भुक्तानी बापत सेवाग्राहीसँग घूस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको, कार्यालय, इटहरीबाट गएको टोलीले एक लाख ४० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।


साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।


Author

थप समाचार
x