समाज

मौसम पूर्वानुमान

सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

इकागज |
माघ ६, २०७९ शुक्रबार ७:३६ बजे

काठमाडौँ - हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  प्रभाव रहेको छ। आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। साथै मध्य तथा पुर्वी तराईका एक-दुई स्थानमा हुस्सु/कुहिरो लागेको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको  एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हिजो बिहीबार सुदूरपश्चिमका केही ठाउँमा फाट्टफुट्ट पानी परेको थियो । 


सुदूरपश्चिम, कर्णाली  प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती देशको  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

तराईका  भू-भागहरूमा  बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले महाशाखाले जनाएको छ । 

मौसम बदली भइरहेकोले काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लाको अधिकतम तापक्रम पनि घट्न थालेको छ । तापक्रम घट्न थालेकाले चिसो बढेको छ ।


Author

थप समाचार
x