स्ट्रेचर छैन गाउँमा, खाटको डोरीमा बोकेर स्वास्थ्य चाैकी लगिन्छ बिरामी
दार्चुलाको मालिकार्जुन गाउँपालिका-२ मा सुत्केरी व्यथा लागेकी महिलालाई स्ट्रेचर नभए डोरीको प्रयोग गरेर स्वास्थ्य चौकी लगिँदै ।
दार्चुला - जिल्लाको मालिकार्जुन गाउँपालिका- २ न्वालपानी कि एक महिलालाई सुत्केरी व्यथाले च्याप्याे। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य कार्यालयसम्म पुर्याउन न त बाटो राम्रो छ न त गाउँमा बिरामी बाेक्ने स्ट्रेचर नै ।
सुत्केरी गराउन स्वास्थ्य केन्द्रमा लैजानुपर्ने भएपछि खाटको डोरीमा बोकेर लगिएको मालिकार्जुन गाउँपलिका २ का स्थानीय प्रकाशसिंह धामीले जानकारी दिए । हिजो रातिदेखि ती महिलालाई व्यथा लागेको भए पनि सामग्री नभएर स्वास्थ्य चौकी पुर्याउन ढिला भएको उनले बताए ।
न्वालापानीमा कम्तीमा ७० परिवारको बस्ती छ । उक्त बस्तीमा एउटा पनि स्ट्रेचर नहुँदा समस्या परिरहेकाे उनी बताउँछन् । 'गाउँवासी बिरामी हुँदा यस्तै सामग्री प्रयोग गर्नुपर्ने बाध्यता छ ।' उनले भने ।
'एकातर्फ सडक छैन,बिजुली छैन,पिउनलाई पानी छैन,' उनले भने, 'हजारौं समस्यासँग दुर्गमका जनताले अकालमै ज्यान गुमाउनु परेको छ ।' यस्तो अवस्था हुँदासमेत मालिकार्जुन गाउँपालिकाको भने कुनै ध्यान नदिएकाे उनले गुनासाे गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया