समाज

७० सहसचिव र उपसचिवको काज सरुवा (सूचीसहित)

इकागज |
माघ ७, २०७९ शनिबार ९:० बजे

काठमाडौँ- सरकारले एकै पटक ७० जना सहसचिव र उपसचिवको काज सरुवा गरेको छ । उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार सबै सहसचिव र उपसचिवहरूलाई काज सरुवा गरिएको हो ।

सरुवा हुनेहरूमा सिडिओ, सहायक सिडिओ, जेलर र निर्देशकसम्म रहेका छन् । ४२ जना प्रमुख जिल्ला अधिकारी र ७ जना सहायक प्रमुख जिल्ला अधिकारी रहेका छन् ।


राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग सिंहदरबारका महानिर्देशक तिर्थराज भट्टराईलाई  मोरङको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ भने चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ गृह मन्त्रालयमा तानिएका छन् । मोरङका प्रजिअ काशीराम दाहाललाई धनुषाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ भने चितवनमा सुरेन्द्र पौडेललाई पठाइएको छ ।


Author

थप समाचार
x