महानगरअगाडि अटाे व्यवसायी
‘ट्राफिक आतंक बन्द गर, हामीलाई गरि खान देऊ’
काठमाडौं– अटो व्यवसायीहरुले ट्राफिक प्रहरीका कारण आफ्नो व्यवसायी धरासयी भएको भन्दै काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।
कुलेश्वर क्षेत्रमा आफ्नो पसल अगाडि सवारी साधन रोक्न नदिएको र जसका कारण आफ्नो व्यवसाय नै धरासायी भएको भन्दै कुलेश्वर अटो व्यवसाय संघले विरोध प्रदर्शनसहित महानगरको ध्यानाकर्षण गराएको हो ।
प्रदर्शनमा सहभागीहरुले ट्राफिक आतंक बन्द गर, काठमाडौं महानगरपालिका गरि खान देऊ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
संघका अध्यक्ष जिवराज भट्टराईले केही दिनदेखि आफ्नो व्यवसाय अगाडिको क्षेत्रमा ट्राफिक प्रहरीले हस्तक्षेप गरेको कारण बाध्य भएर प्रदर्शन गर्नुपरेको बताए। उनले महानगरले गर्नुपर्ने काम ट्राफिक प्रहरीले गरेको र ट्राफिक प्रहरीले गर्नुपर्ने काम महानगरले गरेकाले ध्यानाकर्षण गराइएको बताए ।
महानगरले केही दिनभित्र यस विषयमा सुनुवाई गर्ने आश्वास दिएको उनले जानकारी बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया