अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव
चार प्रदेशमा आंशिक बदली, कही छैन पानी पर्ने सम्भावना
काठमाडौँ - हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भेगमा आंशिक बदली रही तराईका केही भू-भागहरूमा हुस्सु/कुहिरो लागेको छ।
आज दिउँसो प्रदेश १, मधेश, बागमती, र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । महाशाखा अनुसार आज राति प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
तराईका थोरै स्थानहरूमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया