'महानगर : डाेजर आतंक बन्द गर' (फाेटाेफिचर)
काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध प्रदर्शन गरिएको छ ।
मेयर साहले गैरकानुनी ढंगले महानगरपालिका भित्र डोजर आतंक फैल्याउने काम गरेको भन्दै उपत्यका व्यापी सडक विस्तार पीडित संघर्ष समिति, काठमाडौंको आह्वानमा आइतबार दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो ।
गैरकानुनी ढंगले संविधानले व्यवस्था गरेको भूमिको अधिकार, व्यक्तिगत सम्पत्तिको अधिकार हनन् गरेर मेयर साहले ज्यादती गरेको भन्दै प्रदर्शनकारीहरूले आक्रोश व्यक्त गरेका छन् । उनीहरुले विनासूचना, विनाप्रमाण सडक विस्तारको नाममा गैरकानुनी ढंगले सूचना समेत नदिई व्यक्तिगत सम्पत्तिमाथि डोजर चलाउने काम तत्काल बन्द गर्न पनि काठमाडौं महानगरपालिकालाई सचेत गराए ।
त्यस अवसरमा प्रर्दशनकारीहरुले आदिवासीको भूमिको अधिकार सुनिश्चित गर, संविधानले सुनिश्चित गरेको सम्पत्तिको अधिकार सुनिश्चित गर, डोजर आतंक बन्द गर, महानगरको ज्यादती बन्द गरलगायतका नाराबाजी गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया