सन्दीप लामिछानेविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत पुग्यो
काठमाडौँ- सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने मागसहित महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएको हो ।
सर्वोच्च अदालतमा निवेदन दर्ता गरिसकेका महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मीले जानकारी दिए । उनले भने,’ हामीले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका छौ ।‘
थुनछेक सम्बन्धी कार्य संहितामा त्रुटिपूर्ण भएको कुरा उल्लेख गर्दै निवेदन दर्ता गराएको रेग्मीको भनाइ छ । इकागजलाई उनी भन्छन्,’ तीन वर्ष भन्दा बढी सजाय हुने र कसुरदार देखिन्छ भने थुनामा राख्ने व्यवस्था छ । यस्तै प्रकारको मुद्दामा सर्वोच्च अदालतले व्याख्या त्रुटिपूर्ण रहेको छ ।‘
नजिर र कानुनी व्यवस्थालाई आधार बनाएर अदालतमा मुद्दा दर्ता गराएको उनले सुनाए ।
नाबालिकालाई बलात्कार गरेको अभियोग लागेका लामिछानेलाई जिल्ला अदालत काठमाडौंले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध सन्दीपले दिएको निवेदनमा उच्च अदालत पाटनले २० लाख रुपैयाँमा छाड्ने आदेश दिएको थियो । उनी पुस २९ गते उनी छुटेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया