पैदलयात्री र सवारीसाधनलाई सास्ती
सिंहदरबार पूर्वी गेटअगाडि ढल फुट्यो, सडक हिलाम्य
काठमाडौँ - सिंहदरबारको पूर्वी गेटअगाडि ढल फुटेर दुर्गन्ध फैलिएको छ । ढल फुटेर सडकको आधा भाग ओगट्दा यातायातमा अवरोध सिर्जना भएको हो । ढलबाट निस्किएको फोहोरले बाटो हिलाम्य छ ।
ढलका कारण सडक हिलाम्मे भएको छ भने पैदल यात्री र सवारीसाधन चालहरूले सास्ती व्यहोर्नुपरेको छ । सिंहदरबार पूर्वी गेटमा मंगलबार दिउँसोदेखि ढल फुटेर सडकमा दुर्गन्ध फैलिँदा समेत सरकार बेखबर छ । मंगलबारदेखि फुटेको ढल आज बुधबार बिहानसम्म सफा गरिएको छैन ।
पूर्वी गेट वरपरका स्थानीयहरू पनि ढलको दुर्गन्धका कारण समस्यामा परेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया