मौसम पूर्वानुमान
पश्चिमी वायुको आंशिक प्रभाव : पानी पर्ने सम्भावना न्यून
काठमाडौं - हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशभरको मौसम मौसममा आंशिकदेखि सामान्य बदली भए पनि पानी पर्ने सम्भावना भने न्यून रहेको छ ।
देशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भू–भागहरूमा हल्का हुस्सु लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।
आज राति प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
तराईमा लागेको हुस्सुले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेको महाशाखाले सचेत गराएको छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया