बाँकेबाट पक्राउ परेका सांसद अरुण चौधरीलाई धनगढी ल्याइयाे
![](https://ekagajcdn.prixacdn.net/media/albums/arun_ERJrb4CU6q.jpg)
कैलाली- प्रहरीले बाँकेबाट पक्राउ गरिएका नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीलाई धनगढी ल्याएको छ । चौधरीलाई श्रीएयरलाइन्सको विमान मार्फत केहिबेर अघि धनगढी ल्याइएको हो ।
चौधरीलाई बिहीबार जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । उनले चौधरीलाई भोलि नै जिल्ला अदालत कैलालीमा पेश गरिने बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया