हिँड्दाहिँड्दै लडेर भिरमा अड्किएकाकाे सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार
पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका ५ स्थित बडागाउँ भिरमा अड्किएका एक जना व्यक्तिको सशस्त्र प्रहरीले माघ २० गते सकुशल उद्वार गरेको छ । सोही जिल्लाको कुश्मा नगरपालिका ७ दुर्लुङ्गचोक बस्ने ५३ वर्षीय गौतमगिरी हिँड्ने क्रममा यही माघ १९ गते भिरमा खसेका थिए ।
सोबारे स्थानीयले सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ गण चण्डिका पर्वतलाई जानकारी गराएपछि उक्त गणबाट सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको कमाण्डको टोलीले उनलाई रोप रेस्क्यु विधि अपनाई करिब १५ मिटर तलबाट सशुकल उद्वार गरेको हो ।
उद्वारपछि उनलाई उपचारको लागि जिल्ला अस्पताल पर्वततर्फ पठाएईको साथै उनको अवस्था भने सामान्य रहेको बताइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया