समाज

काठमाडौँ महानगरभित्रका सडकमा बत्ती जडान हुने

इकागज |
माघ २४, २०७९ मंगलबार १२:३६ बजे

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले काठमाडौँ महानगरसँग महानगरभित्रका सडक खण्डमा सडक बत्ती जडान गर्न सहमति गरेको छ ।​मंगलबार महानगरपालिका, प्राधिकरण र सडक विभागबीच भएको सहमतिका आधारमा सम्पन्न सम्झौतामा महानगरका तर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाले र प्राधिकरणका तर्फबाट कानुन विभागका निर्देशक बलराम सिलवाले हस्ताक्षर गरेका हुन् ।

करिब ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत अनुमान गरिएको छ । काठमाडौँ महानगरपालिकाले ६० प्रतिशत र ४० प्रतिशत रकम नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने सम्झौतामा उल्लेख गरिएको छ  ।


 

 


Author

थप समाचार
x