समाज

मैतीदेवीको फुटपाथ मिचेर बनाएको प्रहरी बिटमा महानगरको डोजर

इकागज |
माघ २४, २०७९ मंगलबार १३:३५ बजे

काठमाडौँ-  मैतीदेवीस्थित नेपाल प्रहरीको अस्थायी बिटमा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ । मंगलबार दिउँसो महानगरपालिकाले प्रहरी बिटमा डोजर चलाएको हो । 

नेपाल प्रहरीसँग समन्वय गरेर बिट भत्काइएको महानगरपालिकाले जनाएको छ । मैतीदेवीचोकमा सडक र फुटपाथ मिचेर विट निर्माण भएको थियो ।


पछिल्लो समय महानगरले फुटपाथ मिचेर बनाइएका संरचना हटाउने अभियानलाई महानगरले तीव्रता दिएको छ ।


Author

थप समाचार
x