समाज

सुदूरपश्चिममा २४ घण्टामा १४ संक्रमितको मृत्यु, ३४३ संक्रमित थपिए

इकागज |
बैशाख २०, २०७८ सोमबार २०:३७ बजे

धनगढी : सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार कैलाली, कञ्चनपुर, बझाङ र दार्चुलाका १४ जना संक्रमितको मृत्यु भएको हो ।

सेती प्रादेशिक अस्पताल र धनगढीका निजी अस्पतालमा उपचाररत ६ जना, कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत ५ जना, बझाङका दुई जना र दार्चुलाका एक जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।


यस्तै पछिल्लो २४ घण्टामा प्रदेशमा थप ३ तीन सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार दुई सय १३ जनाको नमुना परीक्षण गर्दा ३४३ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।


Author

थप समाचार
x