समाज

सोमबारबाट धरानको भानुचोकदेखि लक्ष्मीचोकसम्म 'वान वे' लागू हुने

इकागज |
फागुन २, २०७९ मंगलबार १८:१ बजे

तस्बिरः पारस आचार्य

काठमाडौँ- धरान उपमहानगरपालिकाले भानु चोक देखि लक्ष्मी चोकसम्म ‘वान वे’ बाट मात्र सवारीसाधन सञ्चालन गर्न पाइने व्यवस्था गरेको छ । आगामी फागुन ८ गतेबाट धरानको मुख्य बजार क्षेत्रमा यातायात व्यवस्थापन र दुर्घटना न्यूनीकरण गर्न ‘वान वे’ सञ्चालन हुने भएको हो ।

धरानका मेयर हर्क साम्पाङ राईको संयोजकत्त्वमा माघ २७ गतेको बसेको बैठकले दुर्घटना न्यूनीकरण गर्न ‘वान वे’ बाट सवारी आवतजावत गर्ने व्यवस्था मिलाएको हो ।


भानुचोकबाट लक्ष्मीचोकतर्फ जाने सवारीसाधन छाताचोक हुँदै जानुपर्ने छ । लक्ष्मीचोकबाट जाने सवारीसाधनहरूले पृथ्वीचोक, पुरानो बजार, माछाभौडी र देशीलाइन हुँदै भानुचोक जानुपर्ने छ ।


Author

थप समाचार
x