समाज

पशुपति विकास कोषले शिवरात्रीमा ८० लाख रुपैयाँ खर्च गर्ने, ५ हजार साधु-सन्त आउने अनुमान

इकागज |
फागुन ३, २०७९ बुधबार १५:४० बजे

काठमाडौँ- शिवरात्रीमा पशुपति क्षेत्र विकास कोषले ८० खर्च गर्ने भएको छ । बुधबार पशुपति परिसरमा आयोजित पत्रकार सम्मेलनमा कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदीले महाशिवरात्रीमा कोषले ८० लाख खर्च गर्ने जानकारी दिए ।

उनले फागुन मसान्त भित्रमा शिवरात्रीमा लागेको खर्च सार्वजनिक गरिने बताए ।


कोषले पशुपति क्षेत्रमा ७ दिने मेला लगाउन २० लाख रुपैयाँमा टेण्डर आव्हान गरेको सुवेदीले जानकारी दिए । आगामी दिनमा मेला राख्न दिने वा नदिने त्यस विषयमा छलफल गरिने उनको भनाइ छ ।

त्यसैगरी, कोषले करिब ३० लाख धार्मिक पर्यटक आउने अनुमान गरेको हो । स्वदेश तथा विदेशबाट कुल ५ हजार साधु सन्त आउने अनुमान गरिएको उनले बताए ।

ट्राफिक सुरक्षा लगायतका अन्य व्यवस्थापन राज्यका अंगहरुसँग समन्वय गरेर गर्ने कोषले जनाएको छ ।

 


Author

थप समाचार
x